Fast Nepal News

एकथान पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

banner single news

सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले गएराती हतियारको कारोवारी एकजना भारतीय नागरिकलाई एकथान पेस्तोलसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बैरगनिया ३ असोगी टोल बस्ने बर्ष २१ को राहुल राम रहेका छन् । उनको साथबाट एकथान घरेलु नलकटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले जानकारी दिएका छन् ।

गौर नगरपालिका २ नेपाल भारत सीमा नजिकै सशस्त्र प्रहरीले राखेको छड्के चेक प्वाइन्टमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर नखुलेको आरोपी रामले चलाएको मोटरसाईकल चेकजाँच गर्ने क्रममा टुलबक्स भित्र लुकाई राखेको उक्त हतियार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

Inside Article Ads

पक्राउ परेका रामसँगै मोटरसाईकलमा सवार अर्का एकजना भारतीय भने भारततर्फै भाग्न सफल भएको थियो । बरामद पेस्तोल, एकथान मोबाईल र मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाईएको सशस्त्र प्रहरी बल रौतहटले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.