Fast Nepal News

चलचित्र ‘एक्टर’मा अभिनेता प्रदीप खड्कालाई ‘भ्यानेटी भ्यान’ उपलब्ध

banner single news

चलचित्र ‘एक्टर’को छायाङ्कन सुरु भइसकेको छ।

पोखरामा १० दिन सुटिङ सक्काएर टिम काठमाडौंको सेड्युलमा विगत केही सातादेखि ब्यस्त छ।
यस चलचित्रमा थमन कुमार भण्डारीको लगानी रहेको छ। चलचित्र टिमले अभिनेता प्रदीप खड्कालाई छायांकन सेटमा ‘भ्यानेटी भ्यान’ उपलब्ध गराएको छ।

बलिउड र हलिउडका कलाकारहरूले छायांकन सेटमा व्यक्तिगत भ्यानेटी भ्यान प्रयोग गर्दै आएका छन्। विशेषत भ्यानेटी भ्यान चलचित्रको छायांकनका लागि महत्वपूर्ण मानिन्छ। सुटिङस्थलमा कलाकारको पहिरन परिवर्तन, मेकअप, शौचालय लगायतका सुविधाका लागि यो भेन प्रयोग गरिन्छ।

यसअघि बालाजु ल्याबमा यस्तै भेनको प्रयोग दुई वर्ष गरिएको थियो। तर, यसपटक भने चलचित्रका निर्माता थमन कुमार भण्डारीले अभिनेता खड्काका लागि ‘भ्यानेटी रुम’ उपलब्ध गराएका छन्।

Inside Article Ads

चलचित्रको लागि टेक भएको अवस्थामा बाहेक प्रदीपले यही भ्यानमा तयारी गरिरहेका छन्। ‘भ्यानेटी रुम’लाई नेपालमा नै तयार पारिएको हो।

यस चलचित्रमा प्रदीपसहित दिव्या रायमाझी र आना शर्मा मुख्य भूमिकामा छन्। दिव्याले यही चलचित्रबाट डेब्यु गरेकी हुन्। चलचित्रमा नायक राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका छ।

Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.