Fast Nepal News

जाजरकोटमा बाढीले बगाउँदा एकको मृत्यु, ६ घाइते

banner single news

जाजरकोटमा माछा मार्न गएका सात जनालाई बाढीले बगाएको छ।

गएराति साढे ११ बजे खोलाले  माछा मार्न गएकामध्ये एक शिक्षकको मृत्यु भएको छ।
कुशे गाउँपालिका– १ तारेचौरस्थित चैया खोलामा आएको बाढीले बगाएका मध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक दिनेश तिमल्सिनाले जानकारी दिएका छन्।

‘मृत्यु हुनेमा जाजरकोटकै कुशे गाउँपालिका ९ घर भएका स्थानीय कालीका माविका शिक्षक ३८ वर्षीय इन्द्रबहादुर रोकाया छन्,’ प्रहरी निरीक्षक तिमल्सिनाले क्ष्क् भने, ‘उहाँसँगै बाढीमा बगेका ६ जना स्थानीयको घाइते अवस्थामा उद्धार भएको छ। त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ।’

इन्सपेक्टर तिमल्सिनाका अनुसार शनिबार राति ८ बजेतिर कुशे क्षेत्रमा ठूलो पानी परेको थियो। पानी परिरहेकोबेला शिक्षक रोकायासहित गाउँका सात जना माछा मार्न भनेर नजिकैको खोलामा जाँदा घटना भएको हो।

Inside Article Ads

‘खोलामा बाढी आउँदा माछा मार्न सजिलो हुने रहेछ,’ उनले भने, ‘खोलामा माछा मारिरहेको समयमा अन्धकार ठाउँमा एक्कासी आएको ठूलो बाढीले उनीहरुलाई बगाएको खबर हामीले पाएका छौँ। प्रहरी निरीक्षक दामु पुनको कमाण्डमा प्रहरी टोली घटनास्थलमा गएको छ। विस्तृत विवरण आउन बाँकी छ।’
बाढीले बगाउँदा गम्भीर घाइते भएका सोही ठाउँमा ३४ वर्षीय खिमबहादुर शाही, ३४ वर्षकै राजु शाही र २७ वर्षीय जीवन जैसीलाई थप उपचारको लागि राति नै नेपालगञ्जतिर लगिएको छ।

घाइते पृथ्वीबहादुर शाही, गोविन्द रावत र दीपेन्द्र बहादुर चलाउनेको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.