
आइतबार सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घटेको छ ।
अघिल्लो कारोबार दिन अर्थात् गएको शुक्रवार तोलाको एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आइतबार दुई हजार सात सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन आइतबार तोलामा एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आइतबार चाँदीको भाउ पनि घटेको छ । चाँदी ५० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।