Fast Nepal News

‘अरू बेलामा ठूल्ठुला कुरा गर्ने ?आफ्नो पालो आएपछि चाहिँ भयो गरौं कि नगरौं भन्ने?-नारायणकाजी श्रेष्ठ

banner single news

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफू गृहमन्त्री हुँदा पञ्चायतकालदेखिकै अनियमितता भएको फाइल खोलेको दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचार, अनियमिता नगर्ने, गर्नेलाई नछोड्ने मन्त्रीहरुको तलबले त चिया खुवाउन पनि नपुग्ने बताएका छन्।

उनले भने, ‘अहिले देशमा सुशासनको आवश्यकता छ। म गृहमन्त्रालयमा हुँदा पञ्चायतकालदेखिको सबैलाई निकालेर कहाँ कहाँ गडबडी भएको छ। पैसा र राज्य आफूसँग छ वा पैसाको बलमा राज्यसँग पहुँच छ भने जे गरेपनि हुन्छ भन्ने मान्यतालाई भत्काउन खरबौँको जग्गा सरकारको बनाइयो। संलग्नलाई जेल हालियो। भुटानी शरणर्थी प्रकरणमा संलग्नलाई जेल हालियो। तर, त्यसप्रकारको काम नगरिकन विकास अगाडि बढ्न सक्दैन।’

Inside Article Ads

आफ्ना मान्छे आउने देखियो भने त्यो फाइल खोल्ने कि नखोल्ने भनेर देश विकास नहुने बताएका छन्।

‘यो केस उठाउँ कि नउठाउ मेरो मान्छे पनि पर्ला जस्तो छ। त्यो चाहिँ नगरौं भन्न थाल्यो भने देश बन्छ ? कोही न कोही त तयार हुनुपर्यो नि ? उनले गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै भने,‘अरू बेलामा ठूल्ठुला कुरा गर्ने ?आफ्नो पालो आएपछि चाहिँ भयो गरौं कि नगरौं भन्ने अनि कसरी हुन्छ। त्यसमा पनि ध्यान जानुपर्छ।’

 

 

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.