Fast Nepal News

मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न शुरु भएसँगै १३ दिनसम्म गाडी सञ्चालनमा रोक

banner single news

राष्ट्रिय गौरव आयोजनाको कालीगण्डकी करिडोर अन्तर्गत पर्ने मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न शुरु भएसँगै १३ दिनसम्म गाडी सञ्चालनमा रोक लगाइने भएको छ ।

१३ किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से पाँच किलोमिटर खण्डमा गाडी बन्द गरेर कालोपत्र गरिने जोमसोमको कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ ।

एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका गाडीबाहेक अरू गाडीले शनिबारदेखि आउँदो असार २० गतेसम्म वैकल्पिक मार्ग प्रयोग गर्नुपर्नेछ । मौसम अनुकूल भएमा १३ दिनमा कालोपत्रको काम पूरा हुनेछ ।

Inside Article Ads

यो सडक स्तरोन्नतिका लागि २०७७ चैतमा संयुक्त लगानीको एपेक्स–खड्का–कृष्णले ५२ करोड ८६ लाख रुपैयाँमा सडक विभागसँग सम्झौता गरेको थियो । झन्डै छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले कालोपत्र गरिने आयोजनाले जनाएको छ ।

 

 

Visited 28 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.