Fast Nepal News

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज आफ्नो दोस्रो स्थापना दिवस मनाउँदै

banner single news

गृहमन्त्रीसमेत रहेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज आफ्नो दोस्रो स्थापना दिवस मनाउँदै छ।

दिवसका अवसरमा रास्वपाले शुक्रबार दिउँसो चियापान कार्यक्रम आयोजना गर्दैछ।

रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालका अनुसार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो  ३ देखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम आयोजना गरिएको छ।

Inside Article Ads

चियापान कार्यक्रममा रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्रीहरु, विभिन्न दलका शीर्ष नेता, उद्योगीव्यवसायी र सर्वसाधारणसमेतलाई आमन्त्रण गरेको छ।

लामो समय सञ्चार कर्ममा रहेका लामिछानेले २०७९ साल असार ७ गते आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका थिए। सोही महिनाको १७ गते निर्वाचन आयोगमा रास्वपा दर्ता गरिएको थियो।

 

 

 

Visited 48 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.