Fast Nepal News

राष्ट्रिय परिचय पत्र बनाउन र राष्ट्रिय परिचय पत्रको नम्बर लिन नागरिकहरुको भिड

banner single news

पुर्वी नवलपरासीको जिल्ला प्रशासन कार्यालयमा सामाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरिकहरु राष्ट्रिय परिचय पत्र बनाउन र राष्ट्रिय परिचय पत्रको नम्बर लिन भिड लाग्ने गरेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि राष्ट्रिय परिचय पत्रको नम्बर लिन भिड लाग्ने गरेको हो ।

पहिलो चरणमा नवलपुर जिल्ला नपरे पनि राष्ट्रिय परिचय पत्र नबनाए भत्ता पाइँदैन भन्ने हल्ला फैलिएसँगै जेष्ठनागरिकहरु सकिनसकि राष्ट्रिय परिचय पत्र बनाउन र राष्ट्रिय परिचय पत्रको नम्बर लिन धाइरहेका छन् । जसले गर्दा जेष्ठ नागरिकहरुले निक्कै दुःख भोग्नु परेको छ ।

Inside Article Ads

महोत्तरी, चितवन, कञ्चनपुर, बारा, कास्की, पर्सा र तनहुँमा राष्ट्रिय परिचय पत्र पहिलो चरणमा अनिवार्य गरिएको छ । यसको प्रभाव पहिलो चरणमा अनिवार्य गरिएको जिल्लामा त जेष्ठ नागरिकहरुलाई राष्ट्रिय परिचय पत्र बनाउन प्रशासन कार्यालयमा चर्का घाममा सकि नसकि लाइन लाग्न बाध्य छन् भने पहिलो चरणमा लागु नहुने जिल्ला नवलपुरमा पनि त्यसको प्रभाव देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपुरमा विगत १५ दिनदेखि जेष्ठ नागरिकहरु सयौंको संख्यामा दैनिकजसो राष्ट्रिय परिचय पत्र लिने आउने गरेका छन् । जिल्ला प्रशासन कार्यालय आउँदा वडा कार्यालय र वडा कार्यालय जाँदा जिल्ला प्रशासनमा पठाएर दुःख पाइरहेको कावासोती ३ का जेष्ठ नागरिक रामबहादुर घर्ती क्षत्रीले बताएका छन् ।

Visited 95 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.