चलचित्र ‘रुमानी रंग’बाट निर्देशक अनिल योञ्जन बाहिरिएका छन् ।
४ महिना अगाडि यो चलचित्रका निर्माणको घोषणा गरिएको थियो । बैशाखको अन्तिमा साताबाट छायांकन सुरु गर्ने बताइएपनि अहिलेसम्म सुरु हुन सकेको छैन् ।
ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको ९० प्रतिशत छायाकंनमा अस्ट्रेलियामा हुने भनिएको थियो । तर, चलचित्र सुटिइ.मा नजाँदै लफडामा पर्नुका साथै निर्देशक योञ्जनले यो चलचित्रबाट हात झिकीसकेको घोषणा गरेका छन् ।
मङ्गलवार सामाजिक सञ्जालमा स्टाटस लेख्दै योञ्जनले यो चलचित्रबाट निर्देशकको रूपमा आफ्नो नाम फिर्ता लिने निर्णय गरेको बताएका छन्।
उनले लेखेका छन्, ‘धेरै विचार पछि मैले ‘रुमानी रङ्ग’बाट निर्देशकको रूपमा आफ्नो नाम फिर्ता लिने निर्णय गरेँ, मैले आधिकारिक रूपमा यो परियोजनाबाट २ जुनमा राजीनामा दिएको थिएँ, मेरो राम्रो प्रयास र प्रतिबद्धताका बाबजुद फिल्मको प्रगतिमा प्रभाव पार्ने आधारभूत समस्याहरू देखे पछि, जुन मुख्यतया निर्माण टिमको संलग्नता, चासो र सङ्गठनात्मक प्रभावकारिताको अभावले उत्पन्न भएका थिए, यी समस्याहरूले ढिलाइ निम्त्याएको थियो र फिल्मको गुणस्तर र सम्भावित सफलतामा असर पर्ने देखे पछि मैले राजीनामा दिएको हो।’
चलचित्रबाट योञ्जन वाहिरिएसँगै यसका निर्माता नयाँ निर्देशकको खोजीमा लागिपरेका छन् । यो चलचित्रका प्रस्तुत कर्ता जिएम ठकुरी हुन् भने हरि मल्ल ठकुरी निर्माता हुन्। सुशील थापा, सृजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सह निर्माता हुन् ।
यो चलचित्रको मुख्य भूमिकामा नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले काम गर्ने पक्का भएको थियो । तर, अब निर्देशकले नै ‘रुमानी रंग’बाट हात निकालेपछि यो चलचित्र निर्माण होला कि नहोला त त्यो भने कुर्नै पर्ने हुन्छ ।