Fast Nepal News

दोहोरो सदस्यता लिएको भए त्याग्न निर्देशन

banner single news

केन्द्रीय सहकारी विभागले दोहोरो सदस्यता लिएको भए त्याग्न निर्देशन दिएको छ ।

आज एक सूचना जारी गर्दै सहकारी विभागले एकै प्रकृतिका एकभन्दा बढि सहकारीमा सदस्य बनेको भए समयमै त्याग्न आग्रह गरेको छ । विभागको आग्रहलाई नमानेमा ऐनअनुसार कारबहाही गर्ने चेतावनी दिएको छ ।

Inside Article Ads

‘सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा ९१० मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन नपाउने र ऐन प्रारम्भ हुनुअघि त्यसरी एकभन्दा बढी संस्थाको सदस्य रहेको भए तीन वर्षभित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्नुपर्ने व्यवस्था छ ।
सहकारी ऐनको उक्त प्रावधान विपरित कसैले एकै स्थानीय तहभित्र कार्यसञ्चालन गरिरहेका एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थाहरूको सदस्यता लिनुभएको भए आफूले छनौट गरेको कुनै एकमात्र सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी संस्था वा संस्थाहरूको सदस्यता अन्त्य गर्नुहुन अनुरोध छ’ सूचनामा भनिएको छ,। ’

 

Visited 32 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.