Fast Nepal News

अवैध रुपमा नदी उत्खनन गर्ने तीनवटा टिपर र एउटा जेसिबी प्रहरीको नियन्त्रणमा

banner single news

पुर्वि नवलपरासीको कावासोतीमा रहेको केरुङ्गे खोलामा अवैध रुपमा नदी उत्खनन गर्ने चाइना स्टेट कम्पनीको तीनवटा टिपर र एउटा जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ डण्डामा रहेको केरुङ्गे खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले तीनवटा टिपर र एउटा जेसिबीलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार प्रहरीले लु १ अ यो ३२, लु १ अ यो २६ र ना ६ ख ६७३५ नम्बरको टिपर र बा ३ क ८०२६ नम्बरको जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Inside Article Ads

प्रहरीले नियन्त्रणमा लिएको टिपर र जेसिबीलाई प्रहरी चौकी डण्डामा राखिएको छ । केही दिनदेखि चाइना स्टेट कम्पनीले केरुङ्गे खोलामा दोहन गरिरहेको प्रहरीको भनाइ छ ।

Visited 33 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.