Fast Nepal News

 भारत भ्रमणबारे सदनलाई जानकारी गराउन ‘प्रचण्ड’ समक्ष माग

banner single news

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भारत  भ्रमणबारे सदनलाई जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक लेखकले संसदीय अभ्यासमा प्रधानमन्त्रीले कुनै पनि मित्र राष्ट्रको भ्रमणमा जाँदा जानकारी गराउने अभ्यास रहेको बताएका छन् । उनले भने, “प्रधानमन्त्री यही जेठ २७ गते भारत भ्रमणमा गएर फर्किनुभयो । पाँच दिन वितिसक्दा पनि सदनलाई जानकारी दिन आउनुभएन । उहाँको भ्रमणबारे सदन अनविज्ञ हुनु राम्रो होइन । प्रमुख प्रतिपक्षको हैसियतले मैले प्रधानमन्त्री ज्यूलाई तपाई सदनको नेता हो भनेर स्मरण गराउनुपर्ने अवस्था आयो ।”

भारतमा हालै लोकसभा निर्वाचन सम्पन भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ लिनुभएको समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल यही जेठ २७ गते भारतको औपचारिक भ्रमणमा गएका थिए । उनी जेठ २८ गते भारत भ्रमणबाट फर्किएका हुन् ।

Inside Article Ads

यसैगरी राष्ट्रपति रामचन्द्र पौडेल यही जेठ २९ गते अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा भाग लिन मुलुकबाहिर गएका उल्लेख गर्दै प्रमुख सचेतक लेखकले राष्ट्रपति र प्रधानमन्त्री देशबाहिर जाने कुरा अखबार पढेर सदनले जानकारी पाउनु राम्रो नभएको बताएका छन्।

Visited 26 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.