Fast Nepal News

चलचित्र   ‘बाटोः रोड टू डेथ’को प्रिमियर सम्पन्न

banner single news

चलचित्र   ‘बाटोः रोड टू डेथ’को प्रिमियर सम्पन्न भएको छ ।

प्रिमियरमा कलाकारहरुको उपस्थिति उल्लेखनीय थिएन । यद्यपि कलकार राजाराम पौडेल, नायक दिव्य देव, कलाकार उषा रजकलगायतका केही कलाकारले शो हेरेका थिए ।
विभिन्न क्षेत्रका तीन सयभन्दा बढी अथितिले प्रिमियर हेरेको निर्माण पक्षको दाबी छ । प्रिमियरपछि धेरैले ‘फरक स्वादको चलचित्र’ भनेर प्रतिक्रिया दिएका छन् । चलचित्रका प्राविधिक पाटोहरु अब्बल रहेको सिनेमाकर्मीहरुको प्रतिक्रिया छ ।

Inside Article Ads

चलचित्रको कलाकाहरु वरिष्ठ अभिनेतृ मिथिला शर्मा, नायक सुलक्षण भारती, उत्पल झा, रक्षा थापालगायतक मुख्य कलाकार कार्यक्रममा उपस्थित थिए । कलाकार पशुपति राई भने कार्यव्यस्तताका कारण उपस्थित थिइनन् ।
जेठ ३२ बाट प्रदर्शनमा आउने यस चलचित्रको निर्देशक तथा लेखक मदन थापा हुन् ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.