Fast Nepal News

रुपन्देहीमा राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड

banner single news

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरेसँगै सेवाग्राहीको भीड बढेको छ । यसअघि राहदानी लिनको लागि मात्र राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको थियो ।

Inside Article Ads

सरकारले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण र नयाँ दुवैका लागि राष्ट्रिय परिचय(पत्र अनिवार्य गरेको छ ।
गाउँ गाउँबाट ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरु समेत राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालय भैरहवा आउने गरेका छन् । पछिल्लो केही दिन दैनिक चार, पाँच सय जना सेवाग्राही आउन थालेपछि कर्मचारी थपेर सेवाप्रवाह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताएका छन् ।
कार्यालयले कर्मचारी थपेको जनाए पनि सेवाग्राहीहरुले राष्ट्रिय परिचय पत्र बनाउन धेरै दुःख पाएको गुनासो गरेका छन् । कतिपय सेवाग्राहीले दुई÷तीन धाएर राष्ट्रिय परिचय पत्रको लागि फोटो खिचाइएको गुनासो गरेका छन् । तराईको प्रचण्ड गर्मीमा कार्यालयले यथोचित व्यवस्थापन नगर्दा ज्येष्ठ नागरिकहरुले निकै सास्ती पाएको सेवाग्राहीले बताएका छन् ।
यसअघि राष्ट्रिय परिचय पत्रको लागि वडा वडामा टोली पुगे पनि कतिपयले यसलाई अनिवार्य नठानी फोटो खिचाएका थिएनन् । तर क्रमशः सरकारी सेवामा यसलाई अनिवार्य गरिएपछि छुटेकाहरु समेत राष्ट्रिय परिचय पत्र बनाउन प्रशासन कार्यालय पुग्ने गरेका छन् ।

 

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.