Fast Nepal News

नेपाल र श्रीलंकाबीचको खेल वर्षका कारण रद्द ,खेल हेर्न टिकट काटेका दर्शकले रकम फिर्ता पाउने

banner single news

नेपाल र श्रीलंकाबीच अमेरिकाको फ्लोरिडास्थित ब्रोवार्ड काउन्टी रंगशालामा तय भएको खेल वर्षका कारण रद्द भएको छ ।

खेल रद्द भएसंगै खेल हेर्न टिकट काटेका दर्शकले रकम फिर्ता पाउने भएका छन्।

आइसिसी विश्वकप २०२४ को ‘टिकेटिङ रिफाउन्ड पोलिसी’ अनुसार कुनै पनि खेल वर्षाका कारण एक बल पनि नखेली रद्द भएमा टिकटको रकम फिर्ता हुनेछ।

समूह ‘डी’ अन्तर्गत ली रद्द नेपाल र श्रीलंकाबीच अमेरिकाको फ्लोरिडास्थित ब्रोवार्ड काउन्टी रंगशालामा तय भएको खेल वर्षका कारण एक बल पनि नखेभएको थियो।

Inside Article Ads

आइसिसीका अनुसार आइसिसीको आधिकारीक वेभपोर्टल वा टिकट ट्राभल पार्टनरमार्फत रकम फिर्ता लिन सकिनेछ।

थर्ड पार्टी ब्रिकेताबाट टिकट खरिद गरेकाले भने रकम फिर्ता पाउने छैनन्।
टिकटको रकम फिर्ता प्रतियोगिता जुन २९ मा सकिएको आठ साता भित्रमा हुने आइसिसीको भनाइ छ।

यो अवधिभित्र टिकटको रकम फिर्ता नभए आइसिसीको टिकेटिङ इमेलमा सम्पर्क गर्नु पर्नेछ।

 

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.