Fast Nepal News

सरुमा ढुंगामुढा,त्यसपछि पेट्रोल छर्केर आगो लगाइयो -उपाध्यक्ष डा अधिकारीले

banner single news

कोशी  प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारी आइतबार विहान १० बजेपछि डेराबाट कार्यालयतर्फ आउँदै थिए ।

आयोगको कार्यालय महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको छेउमा पर्छ । उनको निवास र कार्यालय नजिकै छ ।

निवासबाट कार्यालयतर्फ जाँदै गर्दा महेन्द्र मोरङ क्याम्पसको गेट अगाडि केही विद्यार्थी बसिरहेका थिए । आउजाउ सामान्य थियो । सधैं आउजाउ गरिरहने ठाउँ भएकाले उनी रोडशेष चोकतर्फबाट पश्चिमपट्टि कार्यालयतर्फ लागे । क्याम्पस अगाडिको अवस्था पहिलेको जस्तै सामान्य थियो ।

Inside Article Ads

गेट अगाडि केही विद्यार्थी बसेका थिए । गेट अगाडि बसेका विद्यार्थीहरुले सरकारी गाडी आयो भनेको उनले सुने । त्यसपछि त्यो समूह दौडिएर गाडी भएतिर आयो । ढुंगामुढा गर्न थाले, अगाडि धेरै विद्यार्थी र सडक घुम्ती भएकाले चालकले गाडी भगाउन सकेनन् । चालक र उपाध्यक्ष गाडीभित्र हुँदै विद्यार्थीको समूहले तोड्फोड गर्‍यो ।
गाडीको गति घटेका बेला ठूलो समूह गाडी भएकै ठाउँमा आएर आक्रमण गरे । हतारहतार म निस्किएँ । ड्राइभरलाई पनि निस्कन लगाएँ । ल्यापटप र केही कागजपत्र गाडीमै थियो, त्यो पनि हतार हतार निकालेँ । त्यसपछि उनीहरुले पेट्रोल छर्केर आगो लगाइहाले, उपाध्यक्ष डा अधिकारीले बताए ।

 

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.