
अभिनेता अनमोल केसी आगामी चलचित्र ‘जेरी अन टप’ को तयारीमा जुटिसकेका छन् ।
यही जेठ अन्तिमबाट छायांकन गर्न लागिएको चलचित्रमा उनको जोडी अभिनेत्री आना शर्मासँग बाँधिने निश्चित भइसकेको छ । यसैबीच, चलचित्रमा अर्की अभिनेत्री आँचल शर्माको पनि इन्ट्री भएको छ ।
चलचित्रका निर्माता सरोज न्यौपानेले फेसबुकमा स्टाटस लेख्दै आँचलको फिल्ममा इन्ट्री भएको घोषणा गरेका छन् ।
आँचलका आगामी दिनमा पिताम्बर’, ‘रानीमहल’, ‘दुःखी आत्मा’ जस्ता चलचित्रहरु आउदै छन् ।
सन् २०१४ मा प्रदर्शनमा आएको सफल चलचित्र ‘जेरी’को दोस्रो सिरिजको रुपमा निर्माण हुन लागेको यस चलचित्रलाई नेपाल र अष्ट्रेलियामा छायांकन गरिने बताइएको छ । चलचित्रलाई आउदो तिहारमा प्रदर्शन गरिने बताइएको छ ।
