Fast Nepal News

पत्रकारले उठाएका प्रश्नसंगै गृहमन्त्री लामिछाने किन तर्किदै उम्कन खोजे ?

banner single news

विराटनगरमा आइतबारदेखि सुरु हुने दुईदिने सुरक्षा बैठकमा सहभागि हुन आएका गृहमन्त्री रवि लामिछाने सरकारको गतिविधी र सकारात्मक प्रश्नहरुको अपेक्षा गरेका छन्।

तर, पत्रकारले उठाएका सुरुवाती केही प्रश्नसंगै गृहमन्त्री लामिछाने तर्किदै उम्कन खोजेका छन्। सो क्रममा उनले सरकारले गरेका राम्रा कामबारे प्रश्न गरिदिन आग्रह गरेका छन्। पत्रकारसंगको कुराकानीमा उनले महिनौदेखि एउटै अरुले उठाइदिएका प्रश्न भन्दा सरकारले विपद् ब्यवस्थापनको तयारी, तीनमहिना के गर्यो सरकारले के गरिरहेको भन्दै प्रश्न गर्न आग्रह गरेका छन्।

अर्कोतर्फ, सदनको रोष्टमबाट मुलुकको सूचना बेच्ने विषय गृहमन्त्री स्वयंमले उठाएको हुँदा त्यसबारे हालसम्म के कारवाही भयो भन्ने पत्रकारको जिज्ञासामा गृहमन्त्री लामिछानेले भने, ‘अब कारवाही हुनु अनुसन्धानको विषय कहाँ पुग्यो भन्ने कुरा त्यसको प्रक्रिया भन्ने कुरा पनि भएन। तर संसदमा मैले कसैको नाम मलाई थाहा छैन। नाम लिएर सञ्चारमाध्यममा यस्तो पनि आउछन् नि भन्ने कुरा गरेको भा हुनाले पत्रपत्रिका सञ्चारमाध्यममा आएका कुराहरुले गर्दा। अरु प्रश्नहरु पनि होला नि साथीहरु, कि त्यही प्रश्नहरुमा।’

Inside Article Ads
गृहमन्त्रीले संसदीय मर्यादाविपरीत सदनमा कुरा राखेकोमा नेपाली काँग्रेसले जवाफ खोजिरहेको र आन्दोलनको चेतावनी दिएकोबारे गृहमन्त्री लामिछानेले भने, ‘जवाफ दिनुपर्ने भए जवाफ दिउँला नि। यसलाई के भन्न सकिएला र भन्नुस त। मैले त्यो थाहा पाएको छैन । प्रतिपक्षले भनेको ठाउँमा जवाफ दिउलाँ नि ?
Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.