Fast Nepal News

अनाधिकृत रुपमा औषधि विक्री गर्ने दुईजनालाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा

banner single news

फार्मेसीमा बसेर अनाधिकृत रुपमा औषधि विक्री गर्ने दुईजनालाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ३, रानिगाउँबाट संयुक्त जिल्ला अनुगमन समितिले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आयशा फार्मेसीमा बसेर औषधि विक्रीवितरण गरिरहेका दीपु केवट र विनायक फार्मेसीमा बसेर औषधी विक्री गर्दै आएका रामहरि आचार्य छन् । दीपुले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कुनै पनि विषय अध्ययन नगरेको र आचार्यले कमर्श पढेर पनि औषधि विक्री गरिरहेको पाइएपछि नियन्त्रणमा लिइएको जिल्ला अनुगमन समिति, रुपन्देहीका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिएका छन् ।

आयशा रामनरेश प्रसाद मल्लाह र विनायक तारा भण्डारीको नाममा दर्ता रहेका फार्मेसी हुन् । अर्कैको नाममा दर्ता भए पनि केवट र आचार्यले आफ्नो अध्ययन भन्दा बाहिर गएर औषधि जस्तो नागरिकको स्वास्थ्यसँग सम्बन्धित विषयमा खेलवाड गरेको पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जनाकारी दिएका छन् ।

Inside Article Ads

पक्राउ परेका आचार्य फार्मेसी संचालक भण्डारीका ज्वाइ नाता पर्ने व्यक्ति भएको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुबैजनालाई अनुसन्धान पछि प्रचलित कानून अनुसार कारबाही गरिने अनुगमन समितिले जनाएको छ ।

अन्य फार्मेसीमा अनुगमनमा गैरकानूनी कार्य नभेटिए पनि म्याद गुज्रिएका औषधिहरु व्यवस्थापन गर्ने तरिका सही नपाइएपछि तत्काल त्यसलाई सुधार्न निर्देशन दिइएको स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख डा।गौरव ढकालले जानकारी दिएका छन् ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.