
गायक तथा संगीतकार कालीप्रसाद बासकोटा, ¥यापर साकार र एक्सिस व्याण्डले अष्ट्रेलियाका आठ सहरमा कन्सर्ट गर्ने भएका छन् ।
पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट पीभीई नेटवर्कको व्यवस्थापन तथा अष्ट्रेलियाको स्थानीय आयोजक हुल्या इभेन्ट्स एण्ड स्ट्रेट आउटा हिमालयजको आयोजनामा काली, साकार र एक्सिसले कन्सर्ट गर्न लागेका बुधबार पत्रकार भेटघाट मार्फत जनाईएको छ ।
स्थानीय आयोजकका अनुसार एक्सिसले ‘रोड टु २४–अष्ट्रेलिया टुर’ नामक कन्सर्ट जुलाई ३ देखि आठ सहरमा कन्सर्ट गर्नेछ । व्याण्डले सात वर्षपछि अष्ट्रेलियामा कार्यक्रम गर्न लागेको हो ।
गत फेब्रुअरी १४ मा व्याण्डले चितवनको सौराहामा आठ हजार दर्शकमाझ कन्सर्ट गरेको थियो । व्याण्डमा सन्दिप विश्वकर्मा भोकल, अमूल्य श्रेष्ठ ड्रम छन् भने गीतारमा निखिल सिकर्मी, रोशन लामा र सजिन महर्जन छन् । उनीहरुले अष्ट्रेलिया टुरअघि यही जुनमा लाइभ शोमार्फत ‘घर गाउँ’ र ‘पाइला’को अफिसियल म्युजिक भिडियो सार्वजनिक गर्दैछन् ।
‘लिटिल बुद्ध’का रुपमा परिचित (यापर साकारले अष्ट्रेलियाबाट ‘डेब्यू’ सांगीतिक टुर गर्न लागेका छन् । उनी अगष्ट १० देखि अष्ट्रेलियाका आठ सहरमा कन्सर्ट गर्दैछन् । उनको टिममा क्यारे महर्जन ड्रमर र निरज बराइली सुट डिरेक्टर एण्ड कन्सोल हेड० रहनेछन् । क्यारे नेपाली संगीत क्षेत्रमा चिनिएका र अनुभव ड्रमर हुन् ।
गायक तथा संगीतकार कालीप्रसाद बासकोटा नेपाली संगीत क्षेत्रमा १५ औं वर्ष बिताउदैछन् । उनले सेप्टेम्बर १५ देखि ‘१५ इयर्स अफ कालीप्रसाद बासकोटा’ नाममा अष्ट्रेलिया टुर गर्दैछन् ।
कार्यक्रम व्यवस्थापनमा १७ वर्षदेखि सक्रिय पीभीई नेटवर्कमा विकेश कायस्थ, स्टिभ देवान र सुमन महर्जन श्रेष्ठ छन् । उनीहरुले नेपथ्यदेखि बालेन हाल काठमाडौं महानगरपालिका मेयर, झिल्के एण्ड द कम्पनीसम्मका संगीतका तीन पुस्ताको कार्यक्रमको व्यवस्थापन गरेको अनुभव संगालिसकेका छन् ।