
आईसीसी टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गरेको छ । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले नट आउट ५४ रन बनाएका छन् । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले अबिनाश बोहराले समान १ विकेट लिएका छन् ।
यसअघि अमेरिकाको डालासमा रहेको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले १९ ओभर २ बलमा १ सय ६ रन बनाउँदै अल आउट भएको थियो ।
Visited 35 times, 1 visit(s) today