Fast Nepal News

एमसिसी उपाध्यक्ष जोनाथन ब्रुक्स र अर्थमन्त्री वर्षमान पुन बिच भेटवार्ता

banner single news

नेपालको भ्रमणमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् ।

उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनसँग आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको छ । भेटमा मन्त्री पुनले एमसिसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयबाट सम्पादन हुनुपर्ने काममा सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“एमसिसी कम्प्याक्टका आयोजना समयमा नै पूरा गर्न सरकार प्रतिबद्ध छ ,” अर्थमन्त्री पुनले बताएका छन् । एमसिसी परियोजनाअन्तर्गतका आयोजनाको काम खण्डखण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको बताएका छन् ।

Inside Article Ads

उपाध्यक्ष ब्रुक्सले एमसिसी परियोजना अन्तर्गत निर्माणाधीन विद्युत् प्रसारण लाइन र सडक निर्माणमा भइरहेको प्रगतिबारे जानकारी दिएका छन् । उनले आयोजनाको हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको बताएका छन् । एमसिसी सम्झौता अन्तर्गत पाँच वर्षभित्र तीन सय १५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडक निर्माण हुनेछ ।

 

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.