Fast Nepal News

स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप

banner single news

दाङमा नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप भएको छ ।

झडपमा अश्रूग्याँस लागेर चार जना घाइते भएका छन् ।स्वर्गद्वारी आश्रमको जग्गामा मोहि कायम भएका दाङका किसानहरुले मोही कायम भएको जग्गाको माग गर्दै घोराहीमा रहेका मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेपछि प्रहरि अश्रुग्याँस प्रहार गरेर ताला फोडेको छ ।

तला फोडेपछि कार्यालयको काम सुरु भएको छ । प्रर्दशनकारीले सरकारी कार्यालयमा तालाबन्दी र तोडफोड गर्न थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरि उनीहरुलाई हटाएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताएका छन्।

Inside Article Ads

आन्दोलनरत किसानलाई हटाउन प्रहरीले १० सेल अश्रुग्याँस प्रहार गरेको थियो । सरकारले पटकपटक आफूहरुसँग सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दवाव स्वरुप तालाबन्दी गर्नु परेको गुठि पीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिएका छन् ।

तालाबन्दी गरिएका मालपोत र नापी दुवै कार्यालयलाई आन्दोलनकारीहरुले घेरेपछि प्रहरी उनीहरुलाइ हटाउन अश्रुग्याँस प्रहार गरेको हो ।

 

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.