गृहमन्त्री रवि लामिछानेले अस्ति मङ्गलवार गणतन्त्र दिवसको दिन ट्राफिक महिलाले महिनावारीको चार दिन सडकमा खटिनु नपर्ने भन्दै उनीहरुको ठाउँमा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुलाई स्वयंसेवकको रुपमा खटाउने निर्णय गरेका थिए ।
ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेकाहरुलाई प्रहरीले सडकमा गाडी व्यवस्थापन गर्ने काममा खटाउन थालेको छ ।
बुधबारmc उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई बिहान ९ बजेदेखि ५ बजेसम्म काठमाण्डौका बिभिन्न चोकमा खटाइएको थियो ।
उनीहरुलाई काठमाण्डौ, ललितपुर र भक्तपुर क्षेत्रमा स्वयंसेवकका रुपमा गाडी व्यवस्थापनमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन्। जाँडरक्सी खाएर गाडी चलाउने, लेन मिच्ने, द्रुत गति, सङ्केत बत्तीको बेवास्ता लगायतका ट्राफिक नियम उल्लङ्घन गर्ने हरेकलाई एक घण्टा स्वयंसेवकका रुपमा सडकमा खटाइएको उनले बताएका छन् ।