Fast Nepal News

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा नायिका अञ्जना बराइली अनुबन्धित

banner single news

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा नायिका अञ्जना बराइली अनुबन्धित भएकी छन् ।

निर्माण पक्षले लिखित सम्झौतापछि बुधबार उनी अनुबन्ध भएको सार्वजनिक गरेको छ ।

चलचित्रका लेखक एवं निर्देशक सरोज पौडेलका अनुसार अञ्जना केन्द्रीय भूमिकाका लागि अनुबन्ध भएकी हुन् ।

Inside Article Ads

यस चलचित्रको केन्द्रीय भूमिकाका लागि नायकतर्फ विजय बराल, मुकुन भुसाल र गायक प्रकाश सपूत अनुबन्ध भइसकेका छन् ।

निर्देशक पौडेलका अनुसार यो फिल्म गन्धर्व परिवारको कथामा आधारित ‘सोसल ड्रामा’ हो । जेठ २२ बाट छायांकनमा निस्कने तयारीमा रहेको निर्माण पक्ष अहिले ‘वर्कसप’मा व्यस्त छ । प्रदर्शनमा मिति २०८२ साललाई तोकिएको छ ।

 

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.