Fast Nepal News

काँग्रेसले राखेको अडान पूरा भएरै छाड्ने विश्वास

banner single news

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसले संसदमा उठाएका माग बाध्य भएर सरकार र सत्तापक्षले मान्ने विश्वास व्यक्त गरेका छन्।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम मुछिएपछि संसदीय छानविन समिति बनाउन काँग्रेसले राखेको अडान पूरा भएरै छाड्ने विश्वास उनले व्यक्त गरेका छन् ।

नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा महामन्त्री थापाले काँग्रेसले भने अनुसार नै संसदीय छानविन समिति बन्ने र कार्यादेश पनि काँग्रेसले अडान राखेकै जसरी आउने बताएक छन्।

काँग्रेसले सहकारी छानविन समितिको टिओआरमा गृहमन्त्री लामिछाने र उनको नाम जोडिएका सहकारीहरु सबैको नाम उल्लेख गरेर छानविन अघि बढाउनुपर्ने अडान राख्दै आएको छ ।

Inside Article Ads

यसैगरी, उनले प्रेस जहिले पनि प्रतिपक्ष अर्थात अल्पमतको पक्षमा हुनुपर्ने बताएका छन् ।

सरकार र सत्तापक्षको ज्यादतीका विरुद्ध काँग्रेसले शुरु गरेको आन्दोलनमा प्रेस जगतको सहयोग जरुरी भएको उनको भनाइ थियो ।।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.