Fast Nepal News

गौतम बुद्धको जन्मभूमि पाल नेहुनु गौरवको विषय

banner single news

राष्ट्रपति रामचन्द्र पौडेलले महामानव गौतम बुद्धको जन्मभूमि पाल नेहुनु गौरवको विषय भएको बताएका छन् ।

२५६८औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिने विश्वास लिएको बताएका छन् ।

Inside Article Ads

गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबिच शान्ति, सहअस्तित्व थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वभरिका मानव समुदायलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत राष्ट्रपति पौडेलले गरेका छन् ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.