Fast Nepal News

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

banner single news

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला रोल्पा गंगादेब गाउँपालिका(६ ताप्ला बजार बस्ने बर्ष ५४ का बिर बहादुर खड्का रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिएका छन् ।

बुधबार दिउसो करिब पौने २ बजेको समयमा लमही नगरपालिका(१ नर्ती चोकमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लुम्बिनी ए ए ८७०० नम्बरको मोटर साइकल र पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको रा ३ प ८२४५ नम्बरको मोटर साइकल एक आपसमा ठोक्किएका थिए ।

Inside Article Ads

लुम्बिनी ए ए ८७०० नम्बरको मोटर साइकल चालक जिल्ला रुपन्देही गैडहवा गाउँपालेका (७ छत्रपुरुवाका ३१ वर्षीय अजय मिश्रको बायाँ कुम र कम्मरमा भित्री चोट लागेको तथा उनको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।

रा ३ प ८२४५ नम्बरको मोटर साइकलमा सवार सोहि ठाउँ बस्ने वर्ष ५७ का कमानसिंह खत्रीको वाँया हात, नाक, कम्मर र दाहिने खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ । दुर्घटना कसरी भयो भन्नेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भुसालले बताएका छन्।

 

 

Visited 66 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.