कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको विरोधमा सिरहाको मिर्चैयास्थित कटारी चोकमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन भएको छ ।
नागरिक समाज, मिर्चैयाले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ ।
सरकारको कदमलाई अलोकतान्त्रिक भन्दै उनीहरुले बिहान ९ बजेदेखि १० बजेसम्म चक्काजाम गर्दै प्रदर्शन गरेका छन् ।
अध्यक्ष सिरोहियाको पक्राउलाई उनीहरुले प्रतिशोधपूर्ण र मिडियामाथि अंकुश लगाउने दुष्प्रयास बताएका छन् ।