Fast Nepal News

तत्काल पक्राउ गर्नेसम्मको प्रक्रियामा नजान प्रचण्डले गरेका थिए रविलाई आग्रह

banner single news

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध धनुषा जिल्ला अदालतबाट मंगलबार बिहान पक्राउ पुर्जी जारी हुँदैगर्दा नयाँ बानेश्वरस्थित संसद् भवनमा सांसदहरू जम्मा हुँदै थिए।

प्रतिनिधिसभाको ११ बजेका लागि बोलाइएको बैठकका लागि पुगेका सांसदहरूले बाहरी हल्ला सुनिहाले। तर, पुष्टि भइसकेको थिएन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सोही बैठकतर्फ गइरहेका थिए। उनलाई कसैले सिरोहियाविरुद्ध अदालतबाट अनुमति लिएर पक्राउ गर्ने योजना रहेको सूचना पु¥यायो।

उक्त सूचना सुन्नेबित्तिकै प्रधानमन्त्री प्रचण्डले संसद् भवन परिसरमै रहेका गृहमन्त्री रवि लामिछानेलाई भेटेका थिए। सो घटनाबारे बुझ्दै उनले अहिले तत्काल पक्राउ गर्नेसम्मको प्रक्रियामा नजान आग्रह गरेका थिए।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए अनुसार, प्रचण्डले अहिले तत्काल यस्तो कार्य नगर्न आग्रह गरेका थिए।

Inside Article Ads

‘प्रकाउ गर्ने अनुमति मागेर त्यहाँ गइँदै छ अरे भन्ने थाहा भइसकेपछि अहिले तत्काल नगर्नू भनेर उनले भनेका हुन, ,’ आचार्यले भने, ‘अदालतबाटै पक्राउ गर्नू भन्ने आदेश भइसकेपछि प्रहरीले समातेर अदालत पेस गर्नुपर्छ भन्ने प्रहरी अधिकारीहरूबाट पीएमलाई ब्रिफ भएको छ।’

धनुषा जिल्ला अदालतले मंगलबार बिहान सिरोहियालाई नागरिकताबारे विवादमा पक्राउ पुर्जी जारी गरेको थियो।

सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोकाउन र मुद्दा विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गराइएको उल्लेख गरेका छन्।

 

 

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.