Fast Nepal News

ब्लेडले घाँटी काटिएको घाइते अवस्थामा छोरा फेला

banner single news

काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा मंगलबार बिहान मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीका छोरा चिरेन नगरकोटी पनि घाइते अवस्थामा फेला परेका छन् ।

मृतक कृष्णका छोरा पनि ब्लेडले घाँटीमा काटिएको घाइते अवस्थामा भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् । उनले भने, “अनुसन्धानका क्रममा चिरेनलाई हिजो चोभारचाल्ना खेलमा आत्महत्याको प्रयास गर्दा प्रहरीको ‘क्युआरटी’ टोलीले उद्धार गरेको खुलेको छ ।”

Inside Article Ads

उक्त घटनाका विषयमा जिल्ला प्रहरी परिसर तथा प्रहरी वृत्त बौद्धबाट अनुसन्धान सुरु भएको प्रवक्ता अधिकारीले बताएका छन् ।।

 

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.