Fast Nepal News

लागुऔषधी खैरो हिरोइन सहित एक जनालाई पक्राउ

banner single news

आइतबार नेपाल प्रहरीले लागुऔषधी खैरो हिरोइन ४८ ग्रामसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला बाँके कोहलपुर नगरपालिका १२ को ३२ वर्षीय सचिन राना रहेका छन्।

जेठ ५ गते काठमाडौं चन्द्रागिरी नगरपालिका २ नागढुंगास्थित चेक प्वाइन्टमा महेन्द्रनगरदेखि काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ४०५६ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगासहितको टोलीले चेकजाँच गर्ने क्रममा निज बसेको बसको सिटबाट पका्रउ गरेका छन्।

Inside Article Ads

सचिन रानाले लगाएको सेतो रङको पाइन्टको बायाँ खल्तीभित्र सेतो रङको प्लास्टिकमा लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला पारी प्लाष्टिक हटाएर मान्यताप्राप्त तराजुमा तौल गर्दा ४८ ग्राम रहेको र उक्त लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित निज सचिन रानालाई नियन्त्रणमा लिइ प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धानको कार्य भइरहेको काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले बताएका छन् ।

 

Visited 26 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.