Fast Nepal News

संसदिय समितिको बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी

banner single news

 

सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदिय समितिको बैठक अहिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ ।

बैठकमा शनिबार गठन गरिएको संसदिय समितिको कार्यादेश टीओआर टुंगो लगाउनेछ ।

Inside Article Ads

समितिको संयोजन सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गर्नेछन् भने कांग्रेसको तर्फबाट सहमहामन्त्री जीवन परियार, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद शिशिर खनाल समितिमा रहेका छन् ।

संसदीय समितिको टिओआर बनाउने विषयलाई कानुनमन्त्री पदम गिरीसहित कांग्रेस, एमाले, रास्वपा र माओवादीका प्रतिनिधिसहित अहिले बिहान बस्ने बैठकले टुंगो लगाउनेछ । समिति बन्ने भएसँगै आजको प्रतिनिधिसभाको बैठक सहज रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

Visited 47 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.