
नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले गृहमन्त्रीको नाम उल्लेख नगरी सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सकिने बताएका छन् ।
शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले गृहमन्त्रीको नाम नभइ संलग्न भएको सहकारीको नाम उल्लेख गरी समिति बनाउन सकिने बताएका छन् । अहिलको अवस्थामा संसदीय समिति गठन गर्नैपर्ने उनले बताएका छन। उनले सबैको छानबिन गर्दा गृहमन्त्री संलग्न रहेको पुष्टि भए पनि नभए पनि निकास निस्कने बताएका छन् ।
प्रधानमन्त्रीको विश्वासको मतको विषयमा पार्टीले छलफल गरेर आवश्यक निर्णय गर्ने उनको भनाइ छ ।
