Fast Nepal News

प्रसिद्ध कान्स फेस्टिभलमा मेयर बालेन शाहले सहभागिता जनाउंदै

banner single news

हलिउड चलचित्र ‘मेगालोपोलिस’को वर्ल्ड प्रिमियर आज प्रसिद्ध कान्स फेस्टिभलमा हुने भएको छ ।

उक्त चलचित्रको रेडकार्पेट प्रिमियरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सहभागिता जनाउने भएका छन्।

नेपाली समयानुसार राति १० बजे हुने वर्ल्ड प्रिमियरमा मेयर शाहले भाग लिने उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकारले जनाएका छन्। ‘भीभीआईपीको लागि मेगोलोपोलिसको प्रिमियर तय गरिएको छ,’ व्यञ्जनकारले बताएका छन्।

Inside Article Ads

रेडकार्पेट प्रिमियरअघि कान्स सहरका समकक्षी डेभिड लिसनार्डसँग उनकै कार्यालयमा मेयर शाहको भेटवार्ता कार्यक्रम रहेको जनाइएको छ ।

‘मेगालोपोलिस’ यस वर्षको प्रतीक्षित हलिउड चलचित्र हो । रेडकार्पेटमा निर्देशक कोपोलासहित स्टारहरु एडम ड्राइवर, नाताली इमानुएल पनि सहभागी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.