Fast Nepal News

सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग

banner single news

 

नेकपा एकीकृत समाजवादीले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गरेको छ ।

सत्तारुढ अन्य दलहरू छानबिन समिति बनाउन तयार नभइरहेको बेला सत्तारुढ नेकपा एसको केन्द्रीय कमिटी बैठकले नै छानबिन समिति गठनको माग गरेको छ ।
केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिकका लागि आयोजित पत्रकार सम्मेलन मार्फत् नेकपा एसले सहकारीको बचत अपचलनमा गृहमन्त्री समेत संलग्न भएको कुरा बाहिर आउनु दुस्खद भएको उल्लेख गरेको छ ।

Inside Article Ads

कतिपय सहकारी संस्थाले अधिकारको दुरूपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनरासी दुरूपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेको दुःखद घटनाहरू सार्वजनिक भईरहेका छन् । यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । यो बैठक समग्र समस्या समाधानको लागि छानविन समिति गठनगरी दोषिमाथि कडा कारबाही गरियोस् भन्ने माग गर्दछ’ केन्द्रीय कमिटीको बैठकमा निर्णय गरेको जनाएको छ ।

 


 

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.