Fast Nepal News

लामिछानेलाई आईसीसी टी २० विश्वकप २०२४ खेल्न पठाउने तयारी सुरु

banner single news

नेपाल क्रिकेट संघ क्यानले निलम्बन फुकुवा गरेसँगै स्पिनर सन्दीप लामिछानेलाई आईसीसी टी २० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको छ ।

आईसीसीको नियमअनुसार विश्वकपमा २५ मे सम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ ।

Inside Article Ads

नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्नेछ ।

 

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.