सम्पन्न शाक्य
काठमाडौं । अब राष्ट्रिय खेलाडी सन्दिप लामिछाने बिश्वकप खेल्न पाउने भएका छ्न्। क्रिकेट बोर्ड नेपालका अनुसार क्रिकेटर सन्दीप लामिछानेको
तर्फबाट वरिष्ठ अधिवक्ता रामनारायण बिडारी, रमन श्रेष्ठ , शम्भु थापा ,मुरारी सापकोटा र कृष्ण सापकोटाले जिल्ला अदालतको फैसलालाई चुनौती दिदैँ बहस गरेका थिए।
हिजो र आज उच्च अदालतमा दिनभरी दुबैपक्षको बहस सुने पश्चात
न्यायाधीश सुरेन्द्रदेव भट्ट र अन्जु उप्रेती ढकालले मिलेर फैसलाका अनुसार सन्दिपलाई दोषी ठहर गरेका थिए।
पीडित गौशाला २६ले २०७९/०५/२१ काठमाडौंको प्रहरी कार्यालय विरुद्ध उजुरी दिएकी थिइन्, त्यस पश्चात गत बर्ष २०८०/०९/२५ गते काठमाडौं जिल्ला अदालतले गौशला २६को पकक्षमा फैसला सुनाइ सन्दिपलाई दोषी ठहर गर्दै ८ बर्ष कैद फैसला सुनाएका थिए र पाँच लाख जरिवाना पनि तिराएको थियो।
सर्बोच्च अदालतले सन्दिपलाई बिदेशी क्रिकेट लिग खेल्न नपाउने आदेश दिएको थियो । नेपाल क्रिकेट बोर्डले पनि लामिछानेलाई निलम्बन गरेका थिए।
लामिछाने र उनका वकिलले जिल्ला अदालतको फैसला विरुद्ध उच्च अदालतमा पुनराबेदन दिएका थिए। अदालतले पटक पटक हेर्न नभ्याउने सूचीमा पारेको मुद्दा लामो समय पश्चात् सन्दिपको मुद्दा हिजो र आजको बहस प्रभावकारी बहस भयो ,जसको परिणाम पश्चात् आज राष्ट्रिय खेलाडी सन्दीप लामिछानेले अदालतबाट सफाई पाएका छन्। अब उनले विश्वकप क्रिकेटमा सहभागी भएर भाग लिन पाउने अवसर पाएकाले उनीसँगै उनका समर्थक शुभचिन्तकहरू खुसी भएका छन्। उनीहरुले अदालतको फैसलालाई सही कदम भएको भन्दै स्वागत गरेका छन्।