Fast Nepal News

जवाफी बहस सकिएपछि आजै फैसला आउने ,सन्दीप लामिछाने

banner single news

बुधबार उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा फैसला गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

उक्त मुद्दामा मंगलबारदेखि उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ भइरहेको छ। आज भने जवाफी बहस भइरहेको छ।

जवाफी बहस सकिएपछि आजै फैसला आउने बताइएको छ। इजलासमा आज सन्दीप पनि उपस्थित भएका छन्। पीडित गौशाला–२६ भने आज उपस्थित भएकी छैनन्। मंगलबार भने दुवै जना अदालत आएका थिए।

Inside Article Ads

यसैबीच उच्च अदालतबाहिर र आसपास क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ। अदालतबाहिर सन्दीपका समर्थकको भीड लागेको छ।

Visited 28 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.