
चलचित्र ‘मोदीबेनी’ को रिलिज मिति घोषणा भएको छ।
घोषणा अनुसार चलचित्र साउन १८ गते रिलिज हुनेछ।
वितरक कम्पनी एफडी कम्पनी र रिच इन्टरटेनमेन्टसँग निर्माताको लिखित सम्झौतापछि रिलिज मिति तय गरिएको छ ।
चलचित्रमा वर्षा शिवाकोटीको साथमा डेब्यू अभिनेता अमन प्रताप श्रेष्ठ रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दीलिप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ ।
सिनेमालाई डेब्यू निर्देशक शङ्कर कोइरालाले निर्देशन गरेका छन् । सिनेमा पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा सिनेमाआधारित रहेको निर्माणपक्षले जनाएको छ ।
आनन्द विक्रम क्षेत्रीको लेखन रहेको सिनेमाका सह(निर्माता हरि श्रेष्ठ हुन् । चलचित्रमा उत्सव दाहालको डिओपी रहेको छ भने भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम माइकलको प्रोडक्शन डिजाइन तथा सगुन तामाङको प्रमुख सहायक निर्देशन छ ।