Fast Nepal News

कुँडो खाएर २१ वटा बाख्राको मृत्यु

banner single news

मकवानपुरको थाहा नगरपालिकाको वडा न ४ रुप्से, थिङ टोलका अमृत थिङ र दुधमाया थिङले पालेका २१ वटा बाख्रा मरेका छन् ।

मंगलबार चरेर आएपछि बाख्राले आँगनमा राखेको कुँडो खाएका थिए । कुँडो खाएपछि बाख्रा एकाएक ढल्न थालेको स्थानीय अमृत थिङले बताएका छन्। अमृत थिङका १७ वटा र छिमेकी दुधमाया थिङले पालेका ४ वटा बाख्रा मरेका छन् ।

अमृत थिङका ८ वटा गर्भवती माउ बाख्रो सहित ३ वटा खसी, २ वटा बोका र ४ वटा पाठापाठी मरेका छन् भने छिमेकी दुधमाया थिङको माउ बाख्रा २ वटा र पाठापाठी २ मरेका छन् ।

Inside Article Ads

कुँडो खाएका बाख्रा मात्रै मरेका कारण कुँडोमा विष या रसायनिक मल परेको हुन सक्ने ४ नम्बर वडाका पशु प्राविधिक रुपेश कुमार मिश्रले बताएका छन् ।

बाख्रा मरेको कारण पत्ता लगाउन पशु केन्द्रिय प्रयोगशाला त्रिपुरेश्वरमा पोस्टमार्टमको लागि पठाइएको उनले बताएका छन् । घटना बारे थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.