
चलचित्र ‘मनसरा’ को बुधवार ललितपुरस्थित क्युएफएक्स लविम मलमा भव्य प्रिमियर गरिएको छ ।
प्रिमियरमा सेलिब्रेटी र पत्रकारहरु उपस्तिथ थिए।
सुब्बाको अघिल्लो चलचित्र जारी ब्लकबस्टर भएकाले मनसरा दर्शकको पर्खाइमा रहेको फिल्म हो । चलचित्रमा दयाहाङ र मिरुना मगरको जोडी हेर्न पाइनेछ ।
निर्देशक निश्चल बस्नेत, प्रदीप भट्टराई, दीपेन्द्र लामा, वितरक तथा निर्देशक अशोक शर्मा, निर्माता रवीन्द्र सिंह बानिया, कवि विप्लव प्रतीक, गायक तथा संगीतकार काली प्रसाद बास्कोटा, अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त, मलिका महतलगायत मनसराको प्रिमियरमा उपस्थित भएका थिए ।