Fast Nepal News

स्टारले होइन स्क्रिप्टले चलचित्र चल्ने

banner single news

निर्माता तथा कलाकार दीपकराज गिरीले ‘बोक्सीको घर’ को उदाहरण दिएर स्टारले होइन स्क्रिप्टले चलचित्र चल्ने तर्क दिएका छन् ।

दीपकको स्टाटसमा लेखेका थिए, ‘पोस्टरमा एक नायिका मात्रै छ, तर चलचित्रको ओपनिङ मल्टिस्टार चलचित्रभन्दा बलियो छ । त्यसैले स्टारमा होइन स्क्रिप्टमा लगानी गरौँ ।’

दीपकको कमेन्ट बक्समा आएर केकीले धन्यवाद पनि दिइन् । तर, कतिपयलाई उनको तर्क चित्त बुझेन । चलचित्र प्रदर्शक भास्कर ढुंगानाले त सामाजिक सञ्जालबाटै जवाफ दिएका छन् । दीपकको नाम नलिईकन भास्करले केकीलाई कम आँकेकोमा उनको आलोचना गरेका छन् ।

ढुंगाना लेख्छन्, ‘‘स्टारमा होइन, स्क्रिप्टमा लगानी गरौँ । अरे यार, केकी अधिकारी स्टार होइनन् ? एउटा पुरुष अलिकति कपाल कोरेर झूर अभिनय गरेर एउटा फ्लप चलचित्रमा खेल्दा स्टार बन्न सक्ने, तर केकीले कति वटा चलचित्र खेलेपछि स्टारको उपाधि पाउने ? समस्या त्यहीँ होइन र ? कि हामीले बोक्सीको घर केकीको स्टारडमले चलेको होला भन्ने कुरा स्वीकार गर्न नसकेको ?’

Inside Article Ads

हुन पनि बोक्सीको घरमा चिनिएको कलाकार एकजना केकी मात्रै छिन् । चलचित्रले पहिलो दिनबाटै चकाचक व्यापार गरिरहेको छ । चलचित्रको इनिसियल राम्रो हुनुमा ‘बुझिन मैले‘’ गीतको पनि ठूलो हात रह्यो । यो गीतमा गरेको नृत्य र अभिनयबाटै केकीले प्रशंसा कमाइसकेकि थिइन् ।

चलचित्र रिलिज भएपछि उनी थप प्रशंसित बनिरहेकी छन् । चलचित्र हिट हुनुको सबैभन्दा ठूलो श्रेय उनैले पाउनेछिन् । यद्यपि, स्क्रिप्ट कमजोर थियो भने केही दिनमै दर्शक सुक्न पनि सक्थे ।

 

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.