
साहसिक पर्यटनको अत्यधिक सम्भावना बोकेको उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकास्थित वडा नम्वर २ ताप्राङ खोलामा पर्ने तेम्बाह्यारा महभिरमा यस वर्षको ‘हनी हन्टिङ’ मेला सुरु भएको छ ।
वार्षिक दुई पटक सञ्चालन गरिने हनी हन्टिङ यस वर्षको पहिलो सिजनका लागी बिहिबारदेखि सुरु गरिएको छ । भिरमौरीको मह निकाल्ने मेला एक हप्ता लाग्नेछ ।
गंगाजमुना गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागी यस वर्षदेखी भने हनी हन्टीङलाई उत्सवकै रुपमा नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टान र गाउँपालिकाको टोलीको उपस्थितिमा ताप्राङ खोलास्थित तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको छ।
तामाङ भाषामा तेम्बाको अर्थ भिर ‘ह्यारा’को अर्थ भिरमौरी बस्ने ठाँउ भन्ने बुझिन्छ । विगत लामो समयदेखि भिरमौरीको मह निकाल्ने चलन रहेकोमा यस वर्षदेखी भने यसलाई पर्यटनसँग जोडेर गांगा जमुना गाउँपालिकाको पर्यटन प्रवर्द्धनका लागी विषेश कार्य योजनासहित काम अगाडि सारेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले बताएका छन्।