Fast Nepal News

कार्यक्रम र बजेटमा आमसञ्चारको पक्षमा समेट्नुपर्ने विषयबारे सुझाव सङ्कलन

banner single news

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी नीति तथा कार्यक्रम र बजेटमा आमसञ्चारको पक्षमा समेट्नुपर्ने विषयबारे सुझाव सङ्कलन गरेको छ ।

मन्त्रालयले आगामी बजेट र १६ औं राष्ट्रिय योजनामा आम सञ्चार क्षेत्रमा राख्ने विषयवस्तुमा छलफल गर्न काठमाडौँमा आयोजित कार्यक्रममा पत्रकार, बुद्धिजीवी र पत्रकारितासँग आबद्ध सङ्घ संस्थाका प्रतिनिधिसँग सुझाव लिएको छ ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चारले समाजको अवधारणा निर्माण गर्न भूमिका निर्वाह गर्ने हुँदा आगामी नीति तथा कार्यक्रम एवं बजेटमा सञ्चार क्षेत्रको भावना समेट्न जरुरी रहेको बताएकि छन्।

Inside Article Ads

सरकारले थालेका कानुन निर्माणले पूर्णता पाएपछि नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना हुने मन्त्री शर्माको भनाइ छ । मन्त्री शर्माले सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित आधा दर्जन जति कानुन निर्माणको प्रक्रियामा रहेको मन्त्री शर्माले जानकारी दिएकि छन् । आमसञ्चारलाई नीतिगतरुपमा बलियो बनाउन सुझाव लिइएको बताउदै सुझावले नीति बनाउन मार्गनिर्देश गर्ने पनि बताएकि छन् ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.