Fast Nepal News

सुनको भाउ एकैदिन २ हजार ७ सय रुपैयाँले घटेको

banner single news

बुधबार सुनचाँदीको भाउ घटेको छ ।

सुनको भाउ आज एकैदिन २ हजार ७ सय रुपैयाँले घटेर तोलाको १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मंगलबार सुनको भाउ स्थिर रहेर अस्ति सोमवारजस्तै १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि वैशाख ७ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।

Inside Article Ads

यस्तै चाँदीको भाउ पनि आज घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ६ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.