
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले अगामी वैशाख २१ ग्ते विश्वासको मत लिने तयारी गरेका छन्।
दोस्रो पटक मन्त्रीपरिषद विस्तार गरेसँगै उनले विश्वासको मत लिने तयारी गरेका छन् ।
नागरिक उन्मुक्ती पार्टीबाट दुई जना मन्त्री बनेसँगै विश्वासको मत पाउनेमा ढुक्क बन्नुभएका मुख्यमन्त्री सोडारीले आगामी बैसाख २१ गते बिश्वासको मत लिने तयारी गरेका छन् । तर दोस्रो पटक मन्त्रीपरिषद विस्तार गर्दा पनि सत्तारुढ दुई ठुला दल नेकपा एमाले र माओवादी केन्द्र सरकारमा सहभागी भएका छैनन् ।
निकै रस्साकस्सीका बिच मुख्यमन्त्री नियुक्त भएका नेकपा एकिकृत समाजवादीका नेता दिर्घबहादुर सोडारीले नागरिक उन्मुक्तीका दुई जना मन्त्री बनेसंगै विश्वासको मत लिने तयारी गरेका छन् । आफुसंगै उन्मुक्तीका कैलाश चौधरीलाई भौतिक पुर्वाधार विकास मन्त्री नियुक्त गरेका सोडारीले उन्मुक्तीकै टिका थापालाई भुमी ब्यवस्था, कृषी तथा सहकारी मन्त्रीमा नियुक्त गर्नुभएपछि उनले विश्वासको मत लिने तयारी गरेका छन् । उन्मुक्तीका २, एमालेका ११, माओवादीका १०, समाजवादीका ४ र १ स्वतन्त्र सहित २८ सांसद आफ्नो पक्षमा रहेको दावी गरेका सोडारीले अब २१ गते विश्वासको मत लिने तयारी गरेका छन् । गठबन्धन दलहरुसँगको छलफल निरन्तर राखेका मुख्यमन्त्री सोडारीले २१ गते बिश्वासको मत पाउनेमा बिश्वस्त रहेको बताएका छन् ।
