Fast Nepal News

दुई क्विन्टल १६ किलो लागू औषध गाँजा सहित दुई जना पक्राउ

banner single news

दुई क्विन्टल १६ किलो लागू औषध गाँजा लोड गरी लैजाँदै गरेको ट्रकसहित दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर जिल्ला मनहरी गाँउपालिका ३ का ३२ वर्षीय आकाश भन्ने दिपक कोईराला र ट्रकमा सवार हेटौडा उपमहानगरपालिका १३ पदम पोखरीका ३० वर्षीय जिवन घलान रहेको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिएका छन्।

Inside Article Ads

ईलाका प्रहरी कार्यालय निजगढ र अस्थाई प्रहरी पोष्ट रतनपुर बाराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बाराको निजगढ नगरपालिकां १० रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना ५ ख ७५५२ नं को ट्रकलाई रोकी चेक जाँच गर्दा ट्रक भित्र लुकाई छिपाई राखेको अवस्थामा २१६ किलो गाँजा बरामद गरी ट्रक नियन्त्रणमा लिएको हो । तस्करहरुले मकवानपुरबाट बारा हुँदै भारतमा गाँजा बिक्री बितरण गर्ने गरेका छन् ।

Visited 44 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.