Fast Nepal News

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार

banner single news

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमाले वीच राज्यमन्त्रीसहित सात जना सरकारमा पठाउन मन्त्रीको नाम सिफारिस गरेपछि उनले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री कँडेलको सिफारिसमा चार जनालाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको सपथ खुवाएका छन्।

आज पद तथा गोपनियताको सपथ लिनेमा आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर बुढा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्गाबहादुर रावत र सामाजिक विकास मन्त्रीमा वीरबहाुदर शाही रहेका छन् । एक जना भौतिक पूर्वाधार तथा शहरी राज्यमन्त्रीमा गमता विकलाई मुख्यमन्त्री कँडेलले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

Inside Article Ads

यसअघि नै पद तथा गोपनियताको शपथ लिईसकेका विना विभागीय मन्त्री रणसिंह परियारले आज जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने विनोदकुमार शाहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.