Fast Nepal News

वर्षमान पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता

banner single news

अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ ।

विश्व बैंक समूहको नेतृत्व गर्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आउनुभएको रेजरले मन्त्री पुनसँग भेट गरेका छन् । भेटमा विश्व बैंकको अन्तर्राष्ट्रिय विकास सङ्घ आईडीएको २१औँ बैठकबारे छलफल भएको छ ।

उक्त बैठक आगामी असार ४ देखि ७ गतेसम्म काठमाडौँमा हुँदैछ । बैठकमा विश्व बैंक समूहका अध्यक्ष अजय बंगा सहभागी हुनुहुने अर्थ मन्त्रालयले जानकारी गराएको छ । बैठकपछि उच्च अधिकारीहरुले विश्व बैंकको लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत अध्ययन गर्ने जानकारी उपाध्यक्ष मार्टिनले दिएका छन्।
मन्त्री पुनले स्थलगत अध्ययनको व्यवस्था मिलाइने बताएका थिए। मन्त्री पुनले आईडीए बैठकको राम्रो तयारी भइरहेको जानकारी दिएका छन् ।

Inside Article Ads

बैठक तयारीका लागि अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको र ती दुवै समितिले तयारीका काम अघि बढाएको मन्त्री पुनको भनाइ थियो ।

यस्तै बैठक तयारीबारे काठमाडौँस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय भइरहेको उनको भनाइ थियो । विकास साझेदारहरुको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आईडीए बैठकमा विश्व बैंकका अध्यक्ष अजय बंगासहित विश्वका ९२ देशका प्रतिनिधि सहभागी हुनेछन् ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.